काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन्।
काठमाडौंमा आज आयोजित कार्यक्रममा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई अघि बढाउन चाहेकोले पनि यो पारित हुने बताएका हुन्।
प्रतिपक्षी दल पनि पारित गर्नुपर्ने पक्षमा रहेको र प्रधानमन्त्रीको चाहना पनि पारित हुनुपर्छ भन्ने भएपछि संसदमा ह्विप लागू गरेर पनि एमसीसी पारित हुने उनको भनाइ थियो।
‘‘एमसीसी सदनबाट पास हुन्छ। प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ। प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ”, पौडेले भने, “त्यसैले पार्लियामेन्टरी सिस्टममा ह्विप लागू हुन्छ। तर, केही बुँदाहरू हेरफेर हुनुपर्छ।’’
एमसीसी नेपालमा लागू भएपछि गरीबी निवारण हुन्छ भन्ने नभएको तर, ५५ अर्ब रूपैयाँ अनुदान गुम्न नदिने पक्षमा आफू रहेको नेकपा नेता पौडलले बताए। अनुदान निशर्त हुने भएका परियोजनामा भएका शर्तहरु खारेज हुनुपर्ने उनको माग छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सत्तापक्षले एमसीसी पास गर्नुपर्ने बताए। प्रावधानमा भएका कमिकमजोरीहरूका विषयमा छलफल गर्न सकिने भन्दै उनले बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्न पनि सुझाव दिए।
‘‘सबैले यसलाई स्वीकार्नुपर्छ। अहिलेको सत्तापक्षले पनि यसलाई पास गर्नुपर्छ। यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमिकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ। एमसीसीका बारेमा बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्नुहोला”, उनले भने, “हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालीन नेकपा एमालेले विरोध गर्यो। त्यो त्यतिकै कोलाप्स भयो। त्यो लागू भएको भए धेरै राम्रो हुन्थ्यो।’’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरूलाई छलकपटको राजनीति नगर्न सुझाव दिए। हिजो महाकाली सन्धी गर्ने समयमा ठूला कुरा गरिएको भएपनि कति नाफा लिन सकियो भन्ने प्रश्न गर्दै उनले एमसीसीमा रहेका प्रावधानहरू हेर्नुपर्ने बताए।
‘‘हामीले शर्तहरू हेर्नुपर्छ। हिजो महाकाली सन्धि पारित गर्ने बेलामा पनि त्यस्तै ठूलो कुरा गरिन्थ्यो। तर, अहिले कति नाफा लिन सक्यौं त? हामीले कोशी र महाकाली दिएकै हो। अहिले पनि अपर कर्णाली भारतीय जिएमआर कम्पनीसँग छ”, उनले भने, “हाम्रो कमजोरीलाई बाहृय शक्तिले खेल्छन, यहाँको राजनीतिज्ञ र प्रशासनलाई उनीहरूले खरीद गर्छन्।’’
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले विदेशी सहयोग लिँदा राष्ट्रहितका विषयमा सोच्नुपर्ने बताए। अहिले भारत र चीनबाट समेत नेपालले सहयोग लिँदै आएको बताउँदै उनले नेपालले आफ्नो राष्ट्रिय हित र स्वार्थ हेर्नुपर्ने धारणा राखे।
‘‘कुनैपनि सहयोग, अनुदान लिँदा हामीले हाम्रो देशको हित र स्वार्थ हेर्नुपर्छ। अहिले चीनबाट सहयोग आएको छ। अमेरिकाले पनि एमसीसीमार्फत् सहयोग गर्दैछ”, उनले भने, “हिन्दूस्तानले पनि सहयोग गर्दै आएको छ। तर, नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हित हेर्नुपर्छ।’’