काठमाडौं। नेकपाबाट सभामुख हुने भएपछि संवैधानिक व्यवस्थाअनुसार उपसभामुख अर्को दलबाट हुनुपर्छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल राजपाले उपसभामुखमा दाबी गरेका छन्। तर, प्रतिनिधिसभामा बहुमत भएकाले नेकपाको निर्णय नै निर्णायक हुनेछ।
राष्ट्रिय सभा निर्वाचनमा तालमेल तथा अन्य विषयमा समेत सहकार्य गर्दे अघि बढ्ने समझदारी भएकाले उपसभामुखमा नेकपाको समर्थन हुने राजपा नेताहरूको विश्वास छ।
नेकपा र राजपाका शीर्ष नेताहरू निरन्तर अनौपचारिक छलफलमा छन्।
नेकपाबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पाौडेल तथा राजपाबाट अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोबीच निरन्तर छलफल चलिरहेको छ।
सोही छलफलको आधारमा नेकपाको सभामुख उम्मेद्वारमा राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक बसेको आजको नयाँ पत्रिकामा समाचार छ।
राजपाको समर्थन नेकपालाई भएकाले आफू समर्थक बसेको कर्णले बताए। “सभामुखमा हाम्रो समर्थन नेकपालाई छ” कर्णले भने।
तर, उपसभामुखको विषयमा भने सभामुखको निर्वाचनपछि निर्णय हुने उतले बताए।
यद्यपि, राजपाले उपसभामुखका विषयमा पार्टीभित्र छलफलसमेत चलाइसकेको छ। चन्दा चौधरी र अमृता अग्रहरीको नाममा छलफल शुरू भएको राजपाका एक नेताले बताए।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख कुन दलबाट बनाउने भन्ने निर्णय सभामुख निर्वाचनपछि मात्र हुने बताए।
" /> काठमाडौं। नेकपाबाट सभामुख हुने भएपछि संवैधानिक व्यवस्थाअनुसार उपसभामुख अर्को दलबाट हुनुपर्छ।प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल राजपाले उपसभामुखमा दाबी गरेका छन्। तर, प्रतिनिधिसभामा बहुमत भएकाले नेकपाको निर्णय नै निर्णायक हुनेछ।

">