भारतले भन्यो– तुइनबाट युवक खसेको घटनामा एसएसबीको संलग्नता छैन
काठमाडौं। भारतीय पक्षले दार्चुलामा जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा तुइनबाट युवक खसेको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको दाबी गरेको छ। भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले शनिबार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरी जवाफ दिँदै यस्तो दाबी गरेका हुन्। पत्रमा भनिएको छ, ‘एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत छ।’
प्रतिक्रिया दिनुहोस्