गर्मी बढेपछि टर्कीको जंगलमा भीषण आगलागी, सात जनाको मृत्यु बीबीसी।टर्कीमा अध्यधिक गर्मी बढेपछि भएको भीषण आगलागीमा ७ जनाको मृत्यु भएको छ।रोयटर्सकाअनुसार मर्सिन र एन्टालयामा लागेको आलगाीको धुँवा १५० किलोमिटर पर रहेको साइप्रस द्विपमा समेत पुगेको छ।आगलागी ठूलो क्षेत्रमा फैलिएको कारण नियन्त्रणमा लिन कठिन भएको टर्कीका सरकारी अधिकारीले बताएका छन्।टर्कीका कृषि एवं वनमन्त्री बकिर पकदेमिरलीले हालसम्म ९८ स्थानमा आगलागी भएको र तीमध्ये ८८ स्थानको आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्