नेपालमा हुने बलात्कारका ८२.२० प्रतिशत घटनाका आरोपी हाडनाता सम्बन्ध तथा निकट चिनजानका व्यक्ति काठमाडौं। नेपालमा हुने बलात्कारका अधिकांस घटनामा आरोपी हाडनाता सम्बन्ध तथा निकट सम्बन्ध भएका व्यक्ति हुने गरेको पाइएको छ। नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७७/७८मा कुल दुईहजार ५३४ बलात्कारका घटनामा दुईहजार ८१५ जना प्रतिवादीहरु रहेका थिए। प्रतिवादीहरुमध्ये दुईहजार ३१३ (८२.२० प्रतिशत) पीडितसँग हाडनाता सम्बन्ध तथा निकट चिनजानका व्यक्ति थिए। प्रतिवादीमध्ये २७८ जना(९.८८ प्रतिशत)हाडनाता सम्बन्धका र ८६८(३०.८३ प्रतिशत)जना छिमेकी रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्