तालिबानद्वारा अफगानिस्तानको कान्धाहार विमानस्थलमा रकेट आक्रमण, सबै उडान रद्द एजेन्सी। तालिबान लडाकूले अफगानिस्तानको दक्षिणमा रहेको कान्धाहार विमानस्थलमा रकेट आक्रमण गरेका छन्। गए राती तालिबानले प्रहार गरेका रकेटमध्ये तीन वटा कान्धाहार विमानस्थल भित्र खसेको समाचार संस्था एएफपीले जनाएको छ। तीनमध्ये दुई रकेट विमानस्थलको धावन मार्गमा खसेका थिए। जसका कारण धावन मार्ग भत्केको छ। कान्धाहार विमानस्थलका प्रमुख मसुद पश्तुनका अनुसार रकेट आक्रमणका कारण अहिले कान्धाहार हुने सबै उडानहरु रद्द गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्