अनलाइन शिक्षणसम्बन्धी तालिम माग गरेमा विद्यालयलाई सोझै दिने सरकारी तयारी काठमाडौं। कोरोना महामारीका बेला घरमै रहेका विद्यार्थीलाई अनलाइन माध्यमबाट प्रभावकारी शिक्षण गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई आवश्यकताका आधारमा प्रविधिमैत्री तालिम दिने भएको छ। तालिम विद्यालयहरूलाई सोझै वा पालिकामार्फत दिइनेछ। केन्द्रका उपमहानिर्देशक केशवप्रसाद दाहालले पालिकाहरूले आवश्यक प्राविधिक सहयोग मागेमा त्यो उपलब्ध गराउने बताए। केन्द्रका निर्देशक रामचन्द्र शर्माकाअनुसार अहिलेसम्म १० लाख ९३ हजार बालबालिका इन्टरनेटमा जोडिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्