दार्चुला घटनाको छानबिन गर्न सरकारले बनायो समिति काठमाडौँ। दार्चुलाको घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ। शुक्रबार तुइनबाट तर्ने क्रममा भारतीय सुरक्षा बल(एसएसबी)ले तुइन काटेपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्व गठित पाँच सदस्यीय छानबिन समितिमा पुरुषोत्तम कँडेल, हुतराज थापा, सुरेशकुमार श्रेष्ठ र ज्योत्सना भट्ट सदस्य रहेका छन्। समितिले १० दिनभित्र प्रतिवेदन पेस गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्