विपन्न छात्रवृत्तिको ८५ करोड रुपैयाँ फ्रिज
काठमाडौं। विपन्न विद्यार्थीको प्रमाणीकरण हुन नसक्दा विश्व बैंकले उपलब्ध गराएको ८५ करोड रुपैयाँ फ्रिज भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठप्रसाद अर्यालका अनुसार छनोटमा परेका विद्यार्थीको स्थानीय तह र क्याम्पसले प्रमाणीकरण गरेर नपठाउँदा रकम निकासा दिन नसकिएको बताए। फारम भर्दा एउटा र पढ्दा अर्कै विषय लिएका कारण समस्या देखिएको अर्यालको भनाई छ।
प्रतिक्रिया दिनुहोस्