भैँसे–भीमफेदी सडक अवरुद्ध
मकवानपुर।भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गएको ठूलो पहिरोले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत पाँच स्थानमा ठूलो सानो पहिरो गएपछि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैंसेदेखि पान्द्राङसम्म लाम लागेका छन्।धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीन/चार घण्टा लाग्ने भएकाले काठमाडौं जाने यात्रुलाई समस्या भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्