काठमाडौं। चिनियाँ स्वास्थ्य अधिकारीहरूले नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन्। यो भाइरस चीनका १३ वटा प्रान्तमा देखिएको छ।
यो नयाँ भाइरसका कारण हालसम्म नौ जनाको मृत्यु भइसकेको र मृत्यु भएकाहरु सबै चीनको हुबेई प्रान्तका रहेको राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक ली बिनले जानकारी दिए। पत्रकार सम्मेलनमा उपनिर्देशक लीले २१ जनवरीमा मात्र १४९ जनामा भाइरस देखिएको पुष्टि भएको जानकारी दिए।
विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एक जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ।
चिनियाँ अधिकारीहरुले कूल २,१९७ को विशेष निगरानी गरिएको र तीमध्ये १ हजार ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएका छन्। स्वास्थ्य जाँच गरिएकामध्ये ७६५ जनालाई डिस्चार्ज गरिसकिएको छ। उपनिर्देशक लीले यस भाइरसबाट सङ्क्रमणको घटना निकै बढेको देखिएको बताए। उनले नयाँ भाइरसको परीक्षण विधि प्रयोगमा आएपछि रोगी व्यक्तिहरुको संख्या देखिएको हुन सक्ने बताए।
विज्ञहरूले श्वासप्रश्वासबाट यो भाइरस अर्को व्यक्तिमा सङ्क्रमण हुने बताएका छन्। आयोगले २० जनवरीदेखि नै पुष्टि भएका घटनाहरूको संख्या र सम्भावित सङ्क्रमितहरूका बारेमा दैनिक विवरण सार्वजनिक गर्दै आएको छ।
विज्ञहरूले चिनियाँ नयाँ वर्षका अवसरमा ठूलो संख्यामा मानिसको आवतजावत हुने भएकाले यस भाइरसको सङ्क्रमणबाट सतर्क रहन आह्वान गरेका छन्। भाइरसको फैलावट रोक्न सरकारले कडा कदम चालेको छ। उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटा थर्मल डिटेक्टर जडान गरिएको छ भने शहरका तीन प्रमुख रेलवे स्टेशनहरूमा २० थर्मल डिटेक्टर स्थापना गरिएको छ।
पढ्नुहोस्
के नोबेल कोरोना भाइरस नेपाल भित्रिइसक्यो ? यसबाट कसरी जोगिने ? (भिडिओसहित)
" /> काठमाडौं। चिनियाँ स्वास्थ्य अधिकारीहरूले नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन्। यो भाइरस चीनका १३ वटा प्रान्तमा देखिएको छ।

">