पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना
काठमाडौं। २०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको संसद् भवनलाई संग्रहालय बनाउने योजना रहेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन्। हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनलाई आज अवलोकन गर्दै उनले पुरातात्विक महत्व बोकेको संरचना भएकाले यसको संरक्षण आवश्यक रहेको बताए। उनले भने, ‘संसद् भवनको संरक्षण आवश्यक छ, प्राविधिक टोलीसँग छलफल गरी आवश्यक कदम चाल्छौँ।’
प्रतिक्रिया दिनुहोस्