महामारीबीच शान्ति स्थापना कार्यलाई निरन्तरता, आज २३३ जना नेपाली सेना दक्षिण सुडान गए काठमाडौं। नेपाली सेनाले कोरोना माहामारीबीच पनि संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यलाई निरन्तरता दिएको छ। दक्षिण सुडानमा तैनाथ कालिध्वज गणको १०औं डफ्फालाई बदली गर्न आज श्रीजंग गणको ११औं डफ्फाको २३३ जना नेपाली शान्ति सैनिक त्यसतर्फ गएका हुन्। प्रमुख सेनानी शिखर जबराको नेतृत्वमा उनीहरु दक्षिण सुडान प्रस्थान गरेका हुन्। संयुक्त राष्ट्रसंघका चार्टर्ड उडानमा उनीहरु दक्षिण सुडानतर्फ गएको नेपाली सेनाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्