आज यी ६ वटा प्रदेशमा छ भारी वर्षाको सम्भावना काठमाडौं। आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१, प्रदेश–२ र बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्