काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नेकपासँग एकता गर्न सुझाएका छन्।

समाजवादी पार्टीका सहायक प्रवक्ता रामप्रसाद रिजाललयातका नेताहरूलाई नेकपामा भित्र्याउँदै दाहालले यादवलाइ समेत एकतामा आउन आह्वान गरेका हुन्।

“उपेन्द्रजी पनि अरु धेरै झमेला गर्नुभन्दा यहीँ (नेकपामा) मिल्नै आए राम्रो हुन्छ”, दाहालले भने, “अब अलग–अलग चुलाचौका लगाएर केही हुनेवाला छैन। बरु सबै मिलेर देशलाई स्थिरता र समृद्धि दिऊँ।”

त्यसअघि कार्यक्रममा नेकपा प्रवेश गरेको रिजालले समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई र अशोक राई लगायतका नेताहरू ‘असहज रूपमा’ बसिरहेको बताएका थिए। त्यसपछि बोलेको दाहालले भट्टराई र राई मात्र नभएर यादव पनि नेकपामै आए राम्रो हुने टिप्पणी गरेका हुन्।

दाहालले ढिलोचाँडो उनीहरू पनि नेकपामा आउने बताए।

नेकपा अध्यक्ष दाहालले लामो समयपछि देशले राजनीतिक स्थायित्व पाएको भन्दै यसलाई सदुपयोग गर्नुपर्ने समेत उल्लेख गरे।

दाहालकै निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले नेपाल राष्ट्र र जनताको निम्ति पनि राजनीतिक स्थायित्वलाई गुम्न दिन नहुने धारणा राखे।

“यो ठूलो अवसर हो। यो अवसरलाई हामीले कुनैपनि हालतमा गुम्न दिनु हुँदैन”, दाहालले भने, “देशको आर्थिक समृद्धिको निम्ति, जनताको खुशी र सुखको निम्ति र समाजवादको आधार निर्माण गर्नको निम्ति एकतावद्ध हुनुको कुनै विकल्प छैन।’

नेकपालाई मजबुत बनाएर मात्र समृद्ध नेपाल र समाजवादी आधार तयार पार्ने सकिने दाहालले बताए।

“देशको प्रमुख पार्टी हुनको नाताले सबैलाई समझदारीमा लिएर जाने, सबैको नेतृत्व गरेर जाने प्रयास हामीले गरिराखेका छौं”, नेकपा अध्यक्ष दाहालले भने, “सदन र सदनबाहिर पनि सबै पक्षसँग सकेसम्म समझदारी मिलाएर जानेतिर नै हाम्रो कोशिस छ।”

दाहालले यादवलाई नेकपामा आउन आग्रह गरेपनि पछिल्लो समय समाजवादी पार्टी र नेकपाबीच ‘दरार’ छ।

यादव नेतृत्वको समाजवादी पार्टीले अघिल्लो महीना सरकारबाट फिर्ता हुँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको थियो।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नेकपासँग एकता गर्न सुझाएका छन्।

"> उपेन्द्र यादवलाई नेकपा अध्यक्ष दाहालको सुझाव- धेरै झमेला गर्नुभन्दा नेकपासँग एकता गर्नुहोस्: Dekhapadhi
उपेन्द्र यादवलाई नेकपा अध्यक्ष दाहालको सुझाव- धेरै झमेला गर्नुभन्दा नेकपासँग एकता गर्नुहोस्
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नेकपासँग एकता गर्न सुझाएका छन्।

समाजवादी पार्टीका सहायक प्रवक्ता रामप्रसाद रिजाललयातका नेताहरूलाई नेकपामा भित्र्याउँदै दाहालले यादवलाइ समेत एकतामा आउन आह्वान गरेका हुन्।

“उपेन्द्रजी पनि अरु धेरै झमेला गर्नुभन्दा यहीँ (नेकपामा) मिल्नै आए राम्रो हुन्छ”, दाहालले भने, “अब अलग–अलग चुलाचौका लगाएर केही हुनेवाला छैन। बरु सबै मिलेर देशलाई स्थिरता र समृद्धि दिऊँ।”

त्यसअघि कार्यक्रममा नेकपा प्रवेश गरेको रिजालले समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई र अशोक राई लगायतका नेताहरू ‘असहज रूपमा’ बसिरहेको बताएका थिए। त्यसपछि बोलेको दाहालले भट्टराई र राई मात्र नभएर यादव पनि नेकपामै आए राम्रो हुने टिप्पणी गरेका हुन्।

दाहालले ढिलोचाँडो उनीहरू पनि नेकपामा आउने बताए।

नेकपा अध्यक्ष दाहालले लामो समयपछि देशले राजनीतिक स्थायित्व पाएको भन्दै यसलाई सदुपयोग गर्नुपर्ने समेत उल्लेख गरे।

दाहालकै निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले नेपाल राष्ट्र र जनताको निम्ति पनि राजनीतिक स्थायित्वलाई गुम्न दिन नहुने धारणा राखे।

“यो ठूलो अवसर हो। यो अवसरलाई हामीले कुनैपनि हालतमा गुम्न दिनु हुँदैन”, दाहालले भने, “देशको आर्थिक समृद्धिको निम्ति, जनताको खुशी र सुखको निम्ति र समाजवादको आधार निर्माण गर्नको निम्ति एकतावद्ध हुनुको कुनै विकल्प छैन।’

नेकपालाई मजबुत बनाएर मात्र समृद्ध नेपाल र समाजवादी आधार तयार पार्ने सकिने दाहालले बताए।

“देशको प्रमुख पार्टी हुनको नाताले सबैलाई समझदारीमा लिएर जाने, सबैको नेतृत्व गरेर जाने प्रयास हामीले गरिराखेका छौं”, नेकपा अध्यक्ष दाहालले भने, “सदन र सदनबाहिर पनि सबै पक्षसँग सकेसम्म समझदारी मिलाएर जानेतिर नै हाम्रो कोशिस छ।”

दाहालले यादवलाई नेकपामा आउन आग्रह गरेपनि पछिल्लो समय समाजवादी पार्टी र नेकपाबीच ‘दरार’ छ।

यादव नेतृत्वको समाजवादी पार्टीले अघिल्लो महीना सरकारबाट फिर्ता हुँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्