बन्दुकधारीद्वारा अफगान रक्षामन्त्रीको निवासमा आक्रमण, चार जना मारिए बीबीसी।बन्दुकधारीले अफगानिस्तानका रक्षामन्त्री बिसमिल्लाह खानको निवासमा आक्रमण गरेका छन्।आक्रमणको बेला रक्षामन्त्री खान निवासमा नरहेको बताइएको छ। मन्त्रीको परिवारका सदस्यलाई सुरक्षित रुपमा त्यहाँबाट उद्धार गरिएको थियो।बन्दुकधारीले गोली हान्दै मन्त्रीको निवास प्रवेश गरेपछि सुरक्षा फौजले जवाफी कारबाही गर्दा चार जना बन्दुकधारी मारिएका छन्। उनीहरुले मन्त्री निवासभित्र कारबम बिस्फोट गराउन खोजेको थिए। रक्षामन्त्री निवास अफगानिस्तानको सबैभन्दा सुरक्षित स्थल ‘ग्रिन जोन’ भित्र पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्