न्यूयोर्कका गर्भनर एन्ड्रयू कुओमोमाथि ११ महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप सीएनएन।अमेरिकाको न्यूयोर्कका डेमोक्रेटिक पार्टीका गर्भनर एन्ड्रयू कुओमोमाथि ११ जना महिलालाई यौन दुर्व्यवहार र ‘शत्रुतापूर्ण’ व्यवहार गरेको आरोप लगाइएको छ।न्युयोर्कका महान्यायाधिवक्ता लेटिटिया जेम्सले सार्वजनिक गरेको एक रिपोर्टमा एन्ड्रयूमाथि पीडितहरुको आरोप सही भएको निश्कर्ष निकालेकी हुन्।रिपोर्ट सार्वजनिक भएपछि राष्ट्रपति जो बाइडेनले एन्ड्रयुलाई राजीनामा गर्न सुझाव दिएका छन्।न्यूयोर्क संसदमा रहेका दुवै पार्टीका विधायकहरुले एन्ड्रयुको आचरणको निन्दा गर्दै उनीमाथि कारबाहीको माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्