स्वीट्जरल्याण्डले नेपाली नागरिकको प्रवेशमा लगाएको प्रतिबन्ध हटायो काठमाडौं।स्वीट्जरल्याण्डले नेपाली नागरिकको प्रवेशमा लगाएको अस्थायी प्रतिबन्ध हटाएको छ।नेपालमा कोरोना संक्रमण बढेपछि स्वीट्जरल्याण्डले नेपालीलाई आफ्नो देश प्रवेश र आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न रोक लगाएको थियो।स्वीट्जरल्याण्डको स्वास्थ्य मन्त्रालयकाअनुसार प्रतिबन्ध हटेसँगै नेपाली नागरिक स्वीट्जरल्याण्ड जान र स्वीस नागरिक नेपाल आउन सक्नेछन्।एक वर्षभित्र खोप लगाएको र ६ महिनाभित्र कोरोना संक्रमण भएको प्रमाण देखाए क्वारेन्टिनमा समेत बस्न नपर्ने नियम स्वीट्जरल्याण्डले बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्