मेलम्ची नगरपालिकाले गर्यो सामूहिक बासको व्यवस्था
काठमाडौं। मेलम्ची नगरपालिकाले फेरि बाढी आउनसक्ने भन्दै जोखिमयुक्त घरमा नबस्न भनेका छ। दुईपटक बाढी आइसकेको मेलम्चीमा नगरपालिकाले सूची निकालेर जोखिमयुक्त घरका मानिसलाई सामूहिक बासको व्यवस्था समेत गरेको छ। नगरपालिकाले पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको जनाएको छ। सोही कारण, नगरपालिकाले प्रभावितहरुलाई आगामी १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राख्ने व्यवस्था गरेको हो।
प्रतिक्रिया दिनुहोस्