सरकार र बीपी प्रतिष्ठानका आन्दोलनकारीबीच ६ बुँदे सहमति काठमाडौं।सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति जुटेको छ।सहमति जुटेसँगै स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम संयुक्त संघर्ष समितिले फिर्ता लिएको छ। समितिले आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिएपछि सरकारले समस्या समाधानका लागि डा.कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली खटाएको थियो। मंगलबारदेखि चलेको वार्ता बुधवार बिहान ६ बुँदे सहमतिसँगै निष्कर्षमा पुगेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्