सामाजिक सुरक्षा भत्तामा अनियमितताको आरोप लगाउनेलाई वडाध्यक्षले बाँधेर पिटे काठमाडौं। जुनीचाँदे गाँउपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा अनियमितता गरेको भन्दै होहल्ला गरेपछि वडाअध्यक्ष नेपालीसहितका केही व्यक्तिले त्यहि ठाउँको सर्पे नेपाली (नवीन परियार) लाई कुटपिट गरेका हुन्। घटना १५ गते भएको र कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्