ओखर खेलिरहेका २१ जना पक्राउ, ६ लाख ५ हजार रुपैयाँ बरामद काठमाडौं।काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास(ओखर)खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ।उनको घरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।उनीहरुको साथबाट नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखर प्रहरीले बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्