जर्मनीले बनायो ई–हाइवेः रेल जसरी नै सडकमा बिजुलीको तारको मद्दतमा गुड्दै ट्रक
एजेन्सी।जर्मनीले करिब ५ किलोमीटर लामो इलेक्ट्रिफाइड हाइवे(ई–हाइवे)निर्माण गरेको छ।फ्रैङ्कफर्ट नजिक बनाइएको यो हाइवेमा हालै विभिन्न सवारी साधन चलाएर प्रदर्शन गरिएको थियो। हाइवेमा रेल जसरी नै ट्रक पनि विद्युतीय तारको मुद्दतमा गुडेको थियो।यस हाइवेमा सबैभन्दा पहिला थोमस श्मीडलरले ट्रक चलाएका थिए। हाईवेमा ट्रक डिजलबाट विद्युतीय मोडमा अउनेबित्तिकै इन्जिनको आवाज पनि मधुरो भएको थियो।यसले वातावरण प्रदुषणमा निकै कमी ल्याउने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्