चीनलाई चिढ्याउने अमेरिकी चाल, बाइडेनले राखे ताइवानलाई ७५ करोड डलरको हातहतियार बेच्ने प्रस्ताव सीएनएन।अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानलाई ७५ करोड अमेरिकी डलरको हातहतियार बेच्ने प्रस्ताव अघि बढाएका छन्।चीनसँग थप तनाव बढाउन उनले यस्तो प्रस्ताव अघि सारेको टिप्पणी विज्ञहरुको छ।अमेरिकी संसदमा बाइडेन प्रशासनले यो प्रस्ताव लगेको स्रोतले बताएको छ।उक्त प्रस्तावमा ताईवानलाई मध्यम खालको स्वचालित ‘ह्वील्टजर सिस्टम’ र यसलाई आवश्यक पर्ने उपकरणहरु बिक्रि गर्ने उल्लेख छ।यसले ताइवानको प्रतिरक्षा क्षमतालाई थप मजबुत बनाउने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्