अन्यत्र कोरोना संक्रमित बढिरहेका बेला बैतडीमा खुल्न थाले विद्यालय
बैतडी। कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन्। मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन्। नगर क्षेत्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए। “हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौं”, उनले भने। मेलौलीमा ४६ वटा सामुदायिक विद्यालय छन्।
प्रतिक्रिया दिनुहोस्