सम्झौताअनुसार काम नगर्ने सात कम्पनी कालोसूचीमा
काठमाडौं।निर्धारित समयमा निर्माण सम्पन्न नगर्ने सात वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ।विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।एके एण्ड गान्बा कन्स्ट्रक्सन, कालीगङ्गा निर्माण सेवा,कण्टा निर्माण सेवा, लटिनाथ कन्स्ट्रक्सन सेवा, अम्बर सप्लायर्स एण्ड ट्रेडर्स, आविद निर्माण सेवा र विक्रम खाद्य स्टोरलाई कालोसूचीमा राखिएको हो। खरिद कार्यालयमा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्