गृहको छानबिन टोलीले भारतीय सीमा सुरक्षा बलसँग पनि जानकारी लिने दार्चुला। जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ।मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबासीले भारतीय प्रहरी चौकीमा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्