आगोमा परी सख्त घाइते भएकी बालिका उपचार खर्च नपाउँदा ओछ्यानमै छटपटाउँदै
कञ्चनपुर।आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी नौ वर्षीया बालिका मनिषा भण्डारीले आर्थिक अभावका कारण उपचार पाउन सकेकी छैनन्। गत आइतबार घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी घाइते भएकी थिइन्। स्थानीय अस्पतालले बालिकाको अवस्था चिन्ताजनक भएपछि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लैजान सिफारिस गरेपनि आर्थिक अभावले परिवारले अस्पताल पुर्याउन सकेका छैनन्। बालिकाका बुवाआमा दुवै अशक्त छन्।
प्रतिक्रिया दिनुहोस्