पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग काठमाडौं। सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाले पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो। भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्