आर्टिकल ३७० हटाएको दुई वर्ष पुगेको दिन जम्मू–कश्मीर क्षेत्रमा बम विस्फोट
एजेन्सी। भारतको जम्मू–कश्मीरमा आर्टिकल ३७० हटाएको दुई वर्ष पुरा भएको दिन श्रीनगरको डाउनटाउन क्षेत्रमा बम विस्फोट भएको छ। डाउनटाउन क्षेत्रमा बम विस्फोटसँगै गोली चलेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करकाअनुसार डाउनटाउन क्षेत्रको जामे मस्जिद अगाडि बिहीबार दिउँसो करिब १२ बजे बम विस्फोट भएको हो।
प्रतिक्रिया दिनुहोस्