नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुने अर्थमन्त्री शर्माको दाबी काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नयाँ बन्ने भौतिक संरचना अपाङ्ग मैत्री हुने बताएका छन्। बिहीबार मन्त्रालयमा ‘स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाल’का प्रतिनिधिसँगको भेटघाटमा सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको गुनासो आएपछि मन्त्री शर्माले यस्तो आश्वासन दिए। यस्तै, नेटवर्कले तीन पाङ्ग्रे सवारी साधन आयात कर छुट र अपाङ्गता भएकाहरूको लागि चाहिने स्वास्थ्य सामाग्री सहज रूपले उपलब्ध गराउनुपर्ने माग राखेका छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्