महेन्द्र विष्टद्वारा नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा काठमाडौं। नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन्। बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा सञ्चार मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन्। केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको अध्यक्षमा ४ वर्षका लागि राजनीतिक नियुक्ति पाएका थिए। राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको विष्टले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्