काठमाडौं। उपत्यकाको महाराजगञ्ज (नारायणगोपाल चोक) देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ।
रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सल्ट्यान्ट (जेभी) बीच प्रस्तावित महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सम्झौता भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।
सम्झौताअनुसार परामर्शदाता कम्पनीले सम्झौता भएको एक वर्षभित्र ‘डीपीआर’को प्रतिवेदन रेल विभागलाई बुझाउनु पर्ने छ।
तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चाप सडक यातायाले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित यो योजना अगाडि सारिएको हो।
महाराजगञ्जदेखि रत्नपार्क हुँदै सातदोबाटो पुग्ने गरी ‘एलाइनमेन्ट’ तयार पारिएको प्रस्तावित सो मेट्रो रेलमार्गको कुल लम्बाइ १२ किलोमिटर हुनेछ।
यस मेट्रो रेल खण्डको पूर्वसम्भाव्यता अध्ययन यसअघि नै तयार भइसकेको छ।
महाराजगञ्ज–बूढानीलकण्ठ–टोखा सडकखण्डमा र सातदोबाटोदेखि खोकनासम्म मेट्रो रेल निर्माण गर्ने रेल विभागको लक्ष्य छ।
काठमाडौंको टोखादेखि महाराजगञ्ज चोकसम्म र सातदोबाटोदेखि खोकनासम्मको पूर्वसम्भाव्यता अध्ययन गर्न अझै बाँकी नै रहेको बताउँदै उहाँले सो खण्डको पूर्वसम्भाव्यता अध्ययन गर्नका लागि परामर्शदाता कम्पनी छनोट गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो।
काठमाडौं उपत्यकाको यातायातको व्यवस्थापन तथा सुन्दर र स्वच्छ सहर निर्माण गर्ने उद्देश्यसहित विगत एक दशकदेखि काठमाडौंमा मेट्रो तथा मोनो रेल सञ्चालन गर्ने विषय चर्चामा छ।
उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिनेबारे सन् २०१२ मा नै कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो।
सो अध्ययन प्रतिवेदनले सम्भव देखाएको अधिकांश ‘एलाइनमेन्ट’को आजसम्म पूर्वसम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन।
सो अध्ययनले काठमाडौं उपत्यकाको कुल ७७ किलोमिटर सडकखण्डमा मेट्र रेल सञ्चालन गर्न मिल्ने देखाएको थियो।
आजको गोरखापत्र दैनिकका अनुसार जसमध्ये ५२ किलोमिटरमा आकाशे र २५ किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखाएको थियो।
प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक १२ किमी, कीर्तिपुर–कालिमाटी–नयाँबानेश्वर–एयरपोर्ट ११ किमी र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीमा आकाशे तथा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमीमा भूमिगत बनाउन सिफारिस गरेको थियो।
विभिन्न यातायातका साधनको तुलना गर्दा बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन्।
केवल मेट्रोमा प्रतिघण्टा प्रतिलेन दुईदेखि तीन हजार यात्रुले यात्रा गर्न सक्छन् तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रु यात्रा गर्न सक्छन् ।
" /> काठमाडौं। उपत्यकाको महाराजगञ्ज (नारायणगोपाल चोक) देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ।रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सल्ट्यान्ट (जेभी) बीच प्रस्तावित महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सम्झौता भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।

">