७ दिनको नवजात शिशु च्यापेर परीक्षा दिँदै सुत्केरी
काठमाडौं।म्याग्दीको परीक्षा केन्द्रमा एक सुत्केरीले सात दिनको नवजात शिशुलाई काखमा च्यापेर परीक्षा दिइरहेकी छन्।धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन्।शिक्षाशास्त्र संकायमा अध्ययनरत उनी पाँच ओटा परीक्षामा सहभागी भइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवेदीले बताए।उनकाअनुसार सामान्य विद्यार्थीजस्तै एउटै हलमा बसेर सुत्केरी विद्यार्थीले पनि परीक्षा दिएकी छन्।
प्रतिक्रिया दिनुहोस्