विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिक उत्पादनमा रुपान्तरण गर्ने
काठमाडौं।सरकारले न्यूनतम साझा कार्यक्रमको घोषणा गर्दै नेपालको अर्थतन्त्रलाई उत्पादनशील अर्थतन्त्रमा रुपान्तरण गर्ने बताएको छ।विप्रेषणमा निर्भर अर्थतन्त्रलाई उत्पानशील अर्थतन्त्र बनाउन औद्योगिकीकरणलाई प्राथमिकता दिने उल्लेख छ।यस्तै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमूलक उद्योगको विकासमा जोड दिने, पूँजी, श्रम र उद्यमशीलताको संयोजना गरेर देशलाई औद्योगिकीकरण गर्ने समेत बताइएको छ।यसैगरी देशको मध्यभागमा पर्ने गरी एउटा हाइटेक सिटी बनाउन कार्य आरम्भ गर्ने सरकारले कार्यक्रममा राखेको छ।
प्रतिक्रिया दिनुहोस्