बुढानीलकण्ठबाट २२ तोला सुन र ७ सय तोला चाँदीका गहना चोरी काठमाडौं। बुढानीलकण्ठ नगरपालिका–५ स्थित रोडशो हाउजिङभित्र रहेको सहाना श्रेष्ठको घरबाट करिब २२ तोला सुन र ७ सय तोला चाँदीका विभिन्न गहना चोरी भएको छ। बिहीबार दिउँसो चोरले ती गहना चोरी गरेको प्रहरले जानकारी दिएको छ। प्रहरीकाअनुसार करिब २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। घरमा कोही नभएको अवस्थामा आलमुनियमको झ्याल फुटाई अपरिचित व्यक्तिहरुले गहना चोरी गरेको भनाई प्रहरीको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्