बिल गेट्सको पछुतोः एपस्टीसँग सम्बन्ध बढाउनू ठूलो गल्ती, मेलिन्डासँग अलग हुनु– नसकिने दुःख एजेन्सी।माइक्रोसफ्टका संस्थापक बिल गेट्ले व्यापारी जेफरी एपस्टीनसँगको बिताएको समयलाई जीवनकै ठूलो गल्ती बताएका छन्।एपस्टीनसँग बढेको मित्रताले पत्नी मेलिन्डासँग सम्बन्ध बिच्छेद गराएको उनले मेलिन्डासँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेको दुई दिनपछि अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा स्वीकारेका छन्।मेलिन्डासँग सम्बन्ध बिच्छेदलाई उनले ‘एउटा नसकिने दुःख’ बताएका छन्।उनले मेलिन्डा मजबुत महिला भएको जनाउँदै गेट्स फाउण्डेसनलाई अझ राम्रो बनाउन साझेदारी गर्ने विषयमा छलफल भइरहको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्