चुरेलाई संरक्षण गरेर तराई मरुभूमि बन्नबाट रोक्ने देउवा सरकारको योजना काठमाडौं। सरकारले आज सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमले चुरे भावरलाई जोगाउने योजना बनाएको छ। यसअघि ओली सरकारले ल्याएको बजेटमा नेपालबाट ढुंगा/गिट्टी र बालुवा निर्यात गर्ने र व्यापार घाटा घटाउने उल्लेख थियो। तर गठबन्धन सरकारले नेपालको चुरेको संरक्षण गर्ने र चुरे संरक्षण गर्न चलाइएका कार्यक्रमलाई प्रभावकारी बनाउने योजना बनाएको छ। यसबाट तराई मधेसको मरुभूमिकरण रोकिने सरकारको आँकलन छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्