दुम्किबासमा भन्सार छलेर ल्याइएको ७८ लाख मुल्यबराबरको मोबाइल बरामद काठमाडौं।दुम्किबासमा भन्सार छलेर जिल्ला भित्र्याउदै गरेको ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ।विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइलको बजार मूल्य करिब ७८ लाख पर्ने मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुरका अर्जुन ढकाल र इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्