वैदेशिक रोजगारमा अलपत्र परेका कामदारको उद्धारमा २ करोड ६६ लाखभन्दा बढी खर्च काठमाडौं। सरकारले गत आर्थिक वर्ष २०७७\७८ वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा अलपत्र परेका कामदारको उद्धारमा २ करोड ६६ लाख ७२ हजार ८ सय रुपैयाँ खर्च गरेको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयकाअनुसार ४१३ जना कामदारको उद्धारमा उक्त खर्च गरिएको हो। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको शव नेपाल झिकाउन ९० लाख ६७ हजार ८१० रुपैयाँ खर्च भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्