जेलमा रहेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा अस्पताल भर्ना एजेन्सी। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन्। जेल जीवन बिताइरहेका जुमाले अस्वस्थ्य महसुस गरेपछि उनलाई चिकित्सकको निगरानीमा राख्न शुक्रबार अस्पताल भर्ना गरिएको हो। पूर्व राष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उनलाई अदालतको अपहेलनामा दोषी ठहर गरिएको थियो। भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई अदालतले अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्