कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ। कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए। राज्यमन्त्री श्रेष्ठले ट्विटरमार्फत कोभिड संक्रमण विद्यमान रहेकाका बेला ४ लाख विद्यार्थीको जीवन रक्षाप्रति मन्त्रालय अत्यन्त संवेदनशील रहेको स्पष्ट पारेका हुन्।
प्रतिक्रिया दिनुहोस्