कोरोना भाइरसको संक्रमण रोक्न चीनको वुहानमा सार्वजनिक यातायात बन्द

काठमाडौं। श्‍वासप्रश्‍वासको समस्या उत्पन्‍न गराउने कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनको वुहान शहरमा सार्वजनिक यातायात बन्द गराइएको छ।

कोरोनाभाइरसको संक्रमणबाट अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको बताइएको छ।

बीबीसीका अनुसार कोरोना भाइरसको सङ्क्रमण वुहान शहरबाट अन्यत्र फैलिइसकेको छ।

५०० जनाभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन्।

कोरोना भाइरसको पछिल्लो संक्रमम वुहान शहरको एक बजारमा जनावरबाट शुरू भएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन्।

नजिकिएको चिनियाँ नयाँ वर्ष घुमघाम गरेर मनाउने भएकोले प्रभावित क्षेत्रमा मानिस घुम्‍न निस्कँदा संक्रमण थप फैलने खतरा भएपछि सरकारले सार्वजनिक यातायात बन्द गर्दै घरबाट ननिस्कन नागरिकलाई अपिल गरेको हो।

प्रतिक्रिया दिनुहोस्