महाकवि देवकोटाको घर मर्मत गर्न नमिलेकाले भत्काउनु पर्‍यो: प्रज्ञा प्रतिष्ठान काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएकोमा चौतर्फी विरोध भइरहेको बेला नेपाल प्रज्ञा प्रतिष्ठानले घरलाई पुनर्निर्माण गर्न नसक्ने भएकाले भत्काउनु परेको बताएको छ। प्रतिष्ठानले विज्ञप्ति निकाल्दै घरलाई यथावत् राखी सबलीकरण गर्न नसक्ने भएकाले भत्काइएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्