राष्ट्रिय सभा सदस्य निर्वाचन: सुदूरपश्चिममा मतदान जारी

कैलाली। राष्ट्रिय सभाका सदस्य चयनका लागि डोटीको सिलगढीमा मतदान जारी छ।

सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माविमा बिहान १० बजे शुरु भएको हो।

बाजुराको स्वामीकार्तिक गाउँपालिकाकी उपाध्यक्ष मिना बुढाले पहीलो मतदान गरेर मतदान प्रक्रिया शुरु गरिन्।

राष्ट्रिय सभाको दुई सीटमा सुदूरपश्चिममा चारजना उम्मेदवार छन् ।

जसमा नेकपाबाट तारामान स्वाँर र शारदा भट्ट तथा नेपाली कांग्रेसबाट प्रतापसिंह ठगुन्ना र तुलसी देवकोटा उम्मेदवार रहेका छन्।

सुदूरपश्चिमका ८८ स्थानीय तहका १७६ जना प्रमुख/उपप्रमुख र प्रदेश सभामा ५३ गरी २२९ जना मतदाता छन् ।

मुख्य निर्वाचनअधिकृत बिदुर काफ्लेले आज अपरान्ह चार बजे मतदान सकिएसँगै सम्भवत: आजै मत परिणाम आउने बताए।

प्रतिक्रिया दिनुहोस्