भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा पाकिस्तानलाई बोलाएन
बीबीसी। अफगानिस्तानको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले बोलाएको बैठकमा निम्तो नपाएपछि पाकिस्तान आक्रोशित भएको छ। अगष्ट महिनाको लागि सुरक्षा परिषदको अध्यक्ष रहेको भारतले जानीजानी पाकिस्तानलाई नबोलाएको आरोप राष्ट्रसंघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि मुनीर अकरमले लगाएका छन्। पाकिस्तानलाई नबोलाएर भारतले राष्ट्रसंघका नियमको उल्लंघन गरेको समेत बताएका छन्। पाकिस्तान अफगानिस्तानको महत्वपूर्ण छिमेकी भएको नाताले पनि बोलाउनु पर्ने तर्क उनको छ।
प्रतिक्रिया दिनुहोस्