तालिबानद्वारा अफगानिस्तानको अर्को ठूलो सहर सेबरघान कब्जा गरेको दाबी बीबीसी। तालिबान लडाकूले अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानको सेबरघान सहर नियन्त्रणमा लिएको दाबी गरेका छन्। तर अफगान रक्षा मन्त्रालयले भने तालिबान दाबी सत्य नभएको बताएको छ। “सरकारी फौज अझै सहरमा छन्। तालिबानलाई छिट्टै त्यहाँबाट लखेट्ने छन्”, अफगान रक्षा मन्त्रालयले भनेको छ। सेबरघान तालिबानले कब्जा गरेको दोस्रो प्रान्तीय राजधानी हो। यसअघि तालिबानले निमोरोज प्रान्तको राजधानी जरान्ज कब्जा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्