कोरोना महामारीमा ह्वात्तै बढ्यो सवारी दुर्घटना, एक वर्षमा साढे २० हजारभन्दा बढी घटना
काठमाडौं।कोरोना महामारीको समयमा देशभर सवारी दुर्घटनाको संख्या ह्वात्तै बढेको छ।धेरै समय लकडाउन भएर सवारी साधन सञ्चालनमा नआएको भएपनि अघिल्ला वर्षहरुमा भन्दा गत आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या निकै बढेको छ।नेपाल प्रहरीकाअनुसार गत आर्थक वर्ष २०७७/७८मा नेपालमा २०हजार६३४ वटा सवारी दुर्घटना भएका थिए।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यो संख्या १५हजार५५४ थियो।आर्थिक वर्ष २०७५/७६ मा देशभर १३हजार३६६ सवारी दुर्घटना भएका थिए।
प्रतिक्रिया दिनुहोस्