ट्वीटरले गर्यो राहुल गान्धीको अकाउन्ट अस्थायी रुपम ब्लक
बीबीसी।ट्वीटरले भारतीय कांग्रेसका नेता राहुल गान्धीको ट्वीटर अकाउन्ट अस्थायी रुपमा ब्लक गरेको छ। ब्लक गरेपछि राहुलको अकाउन्टमा रहेका पुराना ट्वीट देखिए पनि नयाँ ट्वीट भने गर्न पाउने छैनन्।राहुलले नौ वर्षीय दलित युवतीको परिवारसँग भेट गरेको तस्वीर ट्वीटरमा पोस्ट गरेका थिए, जसको मृत्यु बलात्कारपछि दिल्लीमा भएको थियो। पीडित परिवारको पहिचान खुल्ने तस्वीर राखेका कारण ट्वीटरले राहुलको अकाउन्टलाई अस्थायी ब्लक गरेको हो।
प्रतिक्रिया दिनुहोस्