पाँच देशका सेना सम्मिलित पर्वतीय युद्ध तालिम आजबाट जोमसोममा सुरु काठमाडौं।नेपालसहित पाँच देशका सेना सम्मिति पहाडी युद्धकला तालिम आजबाट नेपालमा सुरु भएको छ। नेपाली सेनाका अनुसार सो तालिममा नेपाल,अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाका ८१ जना सैनिक सहभागी छन्। सेनाहरुलाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट, आइ क्राफ्ट सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो।तालिम नेपाली सेनाको जोमसोमस्थित उच्च शिखर शिक्षालयमा दिइएको छ। तालिम असोज १ गतेसम्म सञ्चालन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्